काठमाण्डौँ, २७ असोज । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत पाँचौं चरणको खेलमा हङकङले नेपालसामू १९५ रनको लक्ष्य राखेको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै १९४ रन बनाउन सफल भएको हो । नेपालले केहिबेरमा हङकङ सामु जवाफी ब्याटिङ गर्नेछ ।
नेपालका लागि सन्दिप लामिछानेले ३, करण केसी र बसन्त रेग्मीले २र२ तथा सुशान भारीले १ विकेट लिएका थिए ।