देवताल गाउँपालिका कार्यालयको नयाँ भवन निर्माण हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

देवताल गाउँपालिका कार्यालयको नयाँ भवन निर्माण हुँदै

बारा, १८ फागुन । देवताल गाउँपालिका पिप्राढीगोठ वडा नं ४ मा १ करोड १२ लाखको लागतमा नयाँ भवन निर्माण गरिएको हो । गाउँपालिकाले नयाँ भवनबाट आफ्नो सेवा सुरु गरेसँगै सेवा प्रभावकारी र सहज ढंगबाट दिन सकिएको गाउँपालिका अध्यक्ष चन्दन कुमार सिंहले जानकारी दिएका छन्।

हाल एक तल्लाको भवन निर्माण सम्पन्न भएको छ भने केही समय पछि अर्को तल्ला थप्ने योजना गाउँपालिकाको रहेको छ । गाउँपालिकामा ८ वटा वडा रहेको छन् । गाउँपालिकाले दिने सबै सेवा एउटा भवनबाट सुरु भएपछि गाउँपालिकाका सेवाग्राहीले सेवा चुस्त पाउनेमा आशावादी भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);