पुटिनको जन्म उत्सवमा रुसभर विरोध प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

मंसिर १८ २०८१, मंगलबार

एजेन्सी, २२ असोज । राष्ट्रपति भ्लादिमिर पुटिनको ६५औं जन्मदिनका दिन अवसरमा रुसभरका ८० शहरमा भएका विरोध प्रदर्शनक्रममा विपक्षी नेता एलेक्सेइ नभाल्नीका २५० भन्दा बढी समर्थकहरु गिरफ्तार भएका बीबीसीले जानकारी दिएको छ ।

प्रदर्शनकारीले नभाल्नीलाई सन २०१८ को राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बन्न दिनुपर्ने भन्दै प्रदर्शन गरेका छन् ।

मुख्य विरोध केन्द्र सेन्ट पीटर्सबर्ग झडपहरु भएका र दर्जनौं गिरफ्तार भएको बताइएको छ। मस्को र सेन्ट पीटर्सबर्ग लगायत धेरै ठाउँका र्यालीहरु अनुमति नलिइकन भएका छन्।

विपक्षी नेता नभाल्नी भने सार्वजनिक बैठकहरु आयोजना गर्दा मान्नुपर्ने नियम पटक पटक उल्लंघन गरेको आरोपमा बीस दिने जेल सजाय काटिरहेका छन्।

रुसका निर्वाचन अधिकारीहरुले नभाल्नीको अर्को निलम्बित जेल सजायका कारण उनी मार्च महिनामा हुने निर्वाचनमा उम्मेदवार बन्न नपाउने बताउँछन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);