वामदेवको प्रयास खेर जाने माधव नेपालको दावी | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८३, आइतबार

वामदेवको प्रयास खेर जाने माधव नेपालको दावी

काठमाडौं, १५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले वामदेव गौतमको प्रयास खेर जाने दावी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित नेकपा प्रचण्ड–माधव समूह निकट शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले वामदेव गौतम अहिले पनि केपी ओलीलाई सुधार्ने कोसिस गरेको तर त्यो खेर जाने बताएका हुन् । कुनैबेला स्थायी कमिटी बैठकमा ४० मिनेट बोलेर केपी ओलीको राजीनामा मागेका गौतमले अहिले फेरि ओलीलाई सुधार्न कोसिस गरिरहेको तर त्यो सफल नहुने भनाई राखेका हुन् । सोहीकारण आफूले बालुवा पेलेर तेल निस्किदैन तरपनि कोसिस गर्नुस् भनेको बताए ।

अध्यक्ष नेपालले अव केपी ओलीसँग एकताको कुनै सम्भावना नभको पनि स्पष्ट पारेका छन् । बरु ओली प्रवृतिको विरुद्धको आन्दोलनमा सहभागि भएकाहरुबीच सहकार्य गरेर अगाडि बढ्ने उनको भनाई छ । उनले भने, ‘केपी ओलीसँगको एकताको कुनै सम्भावना छैन । कुनै भ्रममा नपर्नुस् । केपी ओलीका मानिसहरुको आँखामा बाम लगाएर निकालेको आँशुको कुनै अर्थ छैन । ख्याल गर्नुहोला । बाम भिक्स लगाएर आँशु निकाल्छन र भित्र कोठामा गएर मुसुमुसु हाँस्छन् । यिनलाई मुर्ख बनाएर पठाइयो भन्छन् । त्यसो भएकोले तपाईहरु यस्ता कुराको भ्रममा नपर्नुस । अब हामी के गरिरहेका छौं भन्दा सबै जो आन्दोलनमा सहभागि भएकाहरुलाई साथमा लिएर बरु जाऔं संयुक्त सरकार बनाऔं भनिरहेका छौं ।’

अहिले प्रतिनिधि सभा पुनस्थापना भएपनि पुरै लडाई जित्न बाँकी रहेको पनि अध्यक्ष नेपालले बताए । केपी ओलीलाई पूर्वएमालेको कुनै मायाँ नभएको पनि अध्यक्ष नेपालले आरोप लगाएका छन् । ओलीले अहिले मदनभण्डारी फाउण्डेसनको गुट चलाएको भन्दै उनले भने, ‘केपी ओलीलाई एमालेको कुनै माया छैन । कम्युनिष्ट पार्टीको कुनै माया छैन । केपी ओली भनेको मदन भण्डारी फाउण्डेसन गुटको नेता हुन् ।’

बालुवाटारमा बैठक हुँदा उपस्थित नहुने ओली अहिले फुर्तिका साथ देशभर दौडिरहेको समेत बताए । यसबाट पार्टीप्रति ओलीको इमानदारिता थिएन भन्ने स्पष्ट भएको पनि अध्यक्ष नेपालले बताए ।

Leave a Reply