ट्राफिक प्रहरीले स्थानीय तथा यात्रुलाई फूल दिंदै ट्राफिक नियम बताउँदै | ईमाउण्टेन समाचार

Our Network

फागुन १० २०८२, सोमबार

ट्राफिक प्रहरीले स्थानीय तथा यात्रुलाई फूल दिंदै ट्राफिक नियम बताउँदै

बारा, २९ माघ । बाराको हुलाकि राजमार्ग अन्तर्गत लङ्गडा चौक स्थित अस्थायि ट्राफिक पोष्टमा आज बिहिबार ईन्चार्जको जिम्मेबारी ट्राफिक प्रहरी सहायक निरिक्षक दिपक कुमार बस्नेतले सम्हालेका छन।  

प्रहरी सहायक निरीक्षक बस्नेतले जिम्मेवारी सम्हाले लगतै लङ्गडा चौकमा भएको पसल तथा स्थानिय बासिहरुलाई एउटा एउटा फुल दिदै ट्राफिक नियम बारे जानकारी गराउनु भयो।

जसको कारणले सडक दुर्घट‌ना कम हुने बिश्वास लिनुभएको छ। त्यस्तै सडकमा हिड्ने यात्रुहरुलाई पनि फुल दिई सवारी साधन तिब्र गतिमा चलाउनु हुदैन। हेलमेट सधै लगाउनु पर्छ ।

सवारी साधन किताब ( ब्लुबुक ) र सवारी चालक अनुमति पत्र साथमा राखि हिड्ने जानकारी सहित प्रशिक्षण दिदै परिचय गरेका छन्।

सो कार्यक्रममा ट्राफिक प्रहरी सहायक निरीक्षक सहित लङ्गडा चौक अस्थायि ट्राफिक पोष्टका ट्राफिक हवल्दार धर्मेन्द्र झा र रामपुकार पाण्डे समेतको सहयोगमा रहेको थियो। 

Leave a Reply