नेकपाको जुलुसले राताम्य राजधानी (फोटो फिचर) | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

नेकपाको जुलुसले राताम्य राजधानी (फोटो फिचर)

काठमाडौं, २३ माघ । शुक्रबार दश बज्नै लाग्दा काठमाडौ उपत्यका भित्रने मुख्य नाका राताम्य भए । त्यो कुनै लाली गुराँस वा अबिर छरेर राताम्य भएको होइन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाले आयोजना गरेको जुलस तथा आम सभाका कारण यसरी राताम्य बनेको हो।

काठमाडौका जडीबुटी क्षेत्र, कोटेश्वर माईतीघर, बागबजार, गोगवु नेपाल एअरलाईन्स अगाडि राता झण्डा बोकेका मानिसहरु नारायाण हिटी अगाडि तर्फ नारा जुलुस गर्दै अगाडी बढेका थिए। मानौ राजधानीमा रातो खोला बगेर नारायणहिटी तर्फ बगीरहेको छ।

जुलसमा अनेक झाकी देखिएका थिए । पंचै बाजा र नरसिंह बाजाले जुलुसमा कर्ण प्रियताका स्वाद दिईरहेको थियो। जुलसमा आज होइन भोलिलाई , दश बर्ष ओलीलाई भन्ने नारा लगातार लागिरहे । देशका विभिन्न भागबाट ब्यनर सहित सभामा सहभागी हुनेको संख्या उल्लेख्य छ।

नारायाणहिटीको दक्षिणतर्फ एउटा अकार्षक मंच सजाइएको छ। सो मंचबाट प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरे लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);