एटिएम मेसिन फुटाएर चोरी गर्न खोजेको आरोपमा एक युवा पक्राउ | ईमाउण्टेन समाचार

Our Network

भदौ १३ २०८३, आइतबार

एटिएम मेसिन फुटाएर चोरी गर्न खोजेको आरोपमा एक युवा पक्राउ

सुनसरी, २८ पुस। एनआइसी एसिया बैंक धरान शाखाको एटिएम मेसिन फुटाएर चोरी गर्न खोजेको आरोपमा एक युवा पक्राउ परेका छन् ।

धरान–१२ स्थित महेन्द्र पथस्थित एनआइसी एसिया बैंकको एटिम मेसिन फुटाएर चोरी गरेको आरोपमा सुनसरीको कोशी गाउँपालिका–३ कोशीकटान जुद्धगञ्ज घर भई धरान ३ मा डेरा गरि बस्ने २३ बर्षीय सुभान मन्सुरीलाई पक्राउ गरिएको हो ।

मनसुरीलाई सोमबार साँझ करिब ५ बजे धरान १८ स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाता भित्रबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र बस्नेतले बताउनु भयो । आइतबार साँझ ७ बजे बैंकको एटिएम मेशिन फुटाएर चोरी गर्ने प्रयास भएको थियो ।

घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय धरानले सिसिटिभी फुटेजको आधारमा चोरीमा संलग्नलाई पक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । पक्राउ परेका मन्सुरी यसअघि पनि गाउँमा नै चोरीमा पक्राउ परेका थिए ।

Leave a Reply