काठमाडौं, ८ पुष । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ सय ४३ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ५५ हजार ९ सय ७९ पुगेको छ ।
उपत्यकामा ३ सय १८ जनामा संक्रमण
यसैगरी काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३ सय १८ जना संक्रमित फेला परेका छन् । योसंगै काठमाडौं उपत्यकामा संक्रमितको कुल संख्या १ लाख २० हजार २ सय ३५ पुगेको छ ।