थुनुवा रिहा गराईदिने भनेर ठगी गर्ने काँग्रेस नेता यादव पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

थुनुवा रिहा गराईदिने भनेर ठगी गर्ने काँग्रेस नेता यादव पक्राउ

सिराहा, २६ असोज । सिरहा प्रहरीले पछिल्लो समय आफ्नो सक्रियता वढाएको छ । विष्णुपुर गाउँपालिकामा बलात्कार घटनामा पंचायती गरी उन्मुक्ति दिने आठ जनालाई पक्राउ गरेसँगै अर्को अपरेशसनमा सफलता पाएको छ । प्रहरीको टोलीले नेपाली काँग्रेसका पूर्व जिल्ला सहसचिव रामबाबु यादवलाई एक लाख रुपैयाँ सहित पक्राउ गरेको छ ।

सिराहा नगरपालिका १५ सुखचैना घर भएका ४० वर्षिय यादवलाई प्रहरी हिरासतमा रहेका जुवा मुद्दाका अभियुक्तलाई रिहा गराउने भन्दै ठगी गरेको आरोपमा एक लाख रुपैयाँ सहित आईतवार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी उमाशंकर पंजियारले बताउनु भयो ।

यादवलाई ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख समेत रहेका प्रहरी नायव उपरीक्षक (डिएसपी) सन्तुलाल जैसवाल नेतृत्वको टोलीले एक लाख रुपैयाँ सहित पक्राउ गरेको प्रहरी उपरीक्षक पंजियारले बताउनु भयो ।

जुवा मुद्दामा पक्राउ परेका सिरहाको मिर्चैयाँ नगरपालिका ८ मझौवाका २१ वर्षिय सियाराम महतोलाई प्रहरी हिरासतबाट मुक्त गराई दिने भनेर चार लाख रुपैयाँ ठगी गरेको हो । जुवा मुद्दामा थुनामा रहेका महतोलाई रिहा गराउन प्रहरीदेखि न्यायधिशसम्मलाई मिलाउन चार लाख रुपैयाँ ठगी गरेको प्रारम्भीक अनुसंधानबाट खुलेको प्रहरी उपरीक्षक पंजियारले बताउनु भयो । ।

पक्राउ परेका यादवलाई ठगी मुद्दामा कारबाही प्रकृया अगाडी बढाईएको छ । प्रहरी उपरीक्षक पंजियारले पक्राउ परेका यादव नेपाली काँग्रेसका पूर्व जिल्ला सहसचिव, सिराहा क्याम्पसका पूर्व स्ववियू सभापति र जिल्ला अस्पताल सिरहाको विकास समितिका अध्यक्ष समेत रही सकेको जनाएका छन् । सिराहा जिल्लामा विचौलियाको आरोपमा राजनीति दलका उपल्ला तहका नेता पक्राउ पर्नेमा उनी सम्भवतः पहिलो व्यक्ति हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);