विष खुवाएर एक वर्षीय छोरालाई मार्ने आमा प्रहरी फन्दामा | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८२, शुक्रबार

सिन्धुपाल्चोक, ५ असोज । सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिकामा एक महिलाले आफ्नै एक वर्षीय छोराको निर्मम हत्या गरेकी छिन् । बधबार आफ्नै एक वर्षीय छोरोको हत्या गरेको आरोपमा आमालाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार पाँचपोखरी थाङ्पाल गाउँपालिका–७ भोटेनाम्लाङ निवासी झण्डै २७ वर्षकी मीना तामाङले आफ्नै छोरालाई विष खुवाएर हत्या गरेकी हुन्

मङगलबार बिहान छोरालाई विष खुवाएर कोक्रामा छोडेर कसैलाई खबर नगरी घटना लुकाउन उनी घास काट्ने निउले जगंल गएकी थिइन् । प्रहरीका अनुसार उनले अत्याधिक मादक पदार्थ सेवन गर्ने गरेको पाइएको छ ।

ढुुंगानाको अनुसार घटनापश्चात् मृतकको हजुरबुबाले बालकको उपचारका लागि स्थानीय स्वास्थ्य चौकी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । मृतक बालकको मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा शव परीक्षण गरिएको थियो ।

घटना लुुकाउन अभियुुक्तले ढाकछोप परेपछि इप्रका मेलम्चीले संघीय प्रहरी एकाइ कार्यालय बाग्मतीसँग समन्वय गरी पोलीग्राफ परीक्षणसमेत गरेको थियो । परीक्षण र प्रहरीको अनुुसन्धानपछि अभियुक्त तामाङले विष खुुवाएको स्वीकार गरेकी हुुन् ।