सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको कति ? | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको कति ?

काठमाडौं, ७ साउन । नेपाली बजारमा सुनचाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बुधबार एकैदिन सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेर तोलाको ९४ हजार रुपैयाँ कायम भएको हो । यो मूल्य अहिलेसम्मकै सर्वाधिक बढी हो ।

यसअघि सुन तोलको ९२ हजार ८ सय रुपैयाँसम्मका कारोबार भएको थियो । मंगलबार छापावाल सुनको भाउ तोलाको ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी बुधबार, तेजावी सुनको भाउ तोलाको ९३ हजार ५ सय ६० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । ।

मंगलबार तेजावी सुन तोलाको ९२ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको थियो । बुधबार चाँदीको भाउ पनि तोलामा ९५ रुपैयाँ बढेर अहिलेसम्मकै उच्च १ हजार १ सय ३५ रुपैयाँ पुगेको छ । मंगलबार चाँदी तोालमा ४० रुपैयाँ बढेर १ हजार ४० रुपैयाँमा कारोबार भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);