काठमाडाैं,२१ असार । कोभिड १९ को कारण नेपालको सबैक्षेत्र थलिएको बेला यस वर्ष कक्षा ११ को पनि बोर्ड परीक्षा नहुने भएको छ ।
यसअघि कोरोना संक्रमणको जोखिमका कारण माध्यमिक शिक्षा परीक्षा एसईई पनि नगर्ने निर्णय भएको थियो ।
कक्षा ११ को बोर्ड परीक्षा वैशाख २१ गतेबाट गर्ने तय भएको थियो । तर काेभिड १९ काे कारण परीक्षा नहुने भए पछि आन्तरिक मूल्यांकनबाट विद्यार्थीहरुलाई प्रमाणपत्र दिइनेछ । विद्यार्थीहरुको मूल्यांकन कसरी गर्ने भनेर कार्यविधि बनाउने जिम्मा राष्ट्रिय परीक्षा बोर्डलाई दिइएको छ ।