न्यूयोर्क र बर्लिन म्याराथन रद्द | ईमाउण्टेन समाचार

Our Network

माघ ८ २०८१, मंगलबार

न्यूयोर्क र बर्लिन म्याराथन रद्द

NYC+Marathon

एजेन्सी, ११ असार । कोरोना भाइरसको महामारीका कारण न्यूयोर्क र बर्लिन म्याराथन रद्द भएका छन् । आगामी नोभेम्बर एक तारिखमा अमेरिकाको न्यूयोर्कमा हुने न्यूयोर्क म्याराथन कोरोनाका कारण रद्द गरिएको आयोजकले जनाएको छ ।

कोरोनाका कारण रद्द हुने न्यूयोर्क म्याराथन ५० औं प्रतियोगिता हो । विश्वमा धेरै धावकको सहभागिता रहने गरेको यो म्याराथन नहुँदा आयोजकलाई ठुलो घाटा लागेको बताइएको छ । सन् २०१९ मा यो म्याराथनमा ५३ हजार ६४० धावकको सहभागिता रहेको थियो ।

यस्तै सेप्टेम्बर २७मा जर्मनीको बर्लिनमा हुने बर्लिन म्याराथन पनि रद्द भएको छ । म्याराथनमा सहभागिता जनाउनेको स्वास्थ्यमा कुनै ठोस सुरक्षा अपनाउन कठिन रहेको भन्दै बर्लिन म्याराथन रद्द गरिएको हो ।

आगामी अक्टोबरमा हुने लण्डन म्याराथन भने अझैपनि हुने संभावना रहेको आयोजकको भनाइ छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);