बार्सिलोनासँग १–० गोल अन्तरले बिल्बाओ पराजित | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

बार्सिलोनासँग १–० गोल अन्तरले बिल्बाओ पराजित

एजेन्सी,१० असार । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जित निकालेको छ । सोमबार राति एट्लेटिको बिल्बाओलाई १–० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले जित निकालेको हो ।

ईभान राकिटिचको गोलमा बार्सिलोनाले महत्वपूर्ण तीन अंक बटुल्दै लिगको शीर्ष स्थानमा फर्किन समेत सफल भयो । खेलको ६४ औं मिनेटमा बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका राकिटिचले बार्सिलोनालाई जित दिलाएका हुन् ।

लियोनल मेस्सीको पासमा उनले खेल सकिन १९ मिनेट अगाडी गोल गरे । जितसंगै शीर्ष स्थानको बार्सिलोनाको ६९ अंक छ । एक खेल कम खेलेको दोस्रो स्थानको रियल मड्रिको ६५ अंक छ । बिल्बाओ ४२ अंकसहित तालिकाको दशौं स्थानमा यथावत छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);