दुई नगरपालिकासहित २ सय ४९ वडाको मतपरिणाम सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

पुष ८ २०८१, सोमबार

दुई नगरपालिकासहित २ सय ४९ वडाको मतपरिणाम सार्वजनिक

काठमाडौँ, असोज ४ । प्रदेश नम्बर २ का ८ जिल्लामा असोज २ गते सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना गर्ने कार्य जारी रहेको छ।

मतगणना भइरहेका १३५ स्थानीय तहमध्ये धनुषाजिल्लाको हंसपुर नगरपालिका र सिरहाको कर्जन्हा नगरपालिका को मतगणना कार्य सम्पन्न भई मतपरिणाम सार्वजनिक भएको छ ।

हंसपुर नगरपालिकाको प्रमुख र उपप्रमुख दुबै पदमा राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार विजयी भएका छन् । सिरहाको कर्जन्हा नगरपालिकाको मेयर र उपमेयर पनि माओवादी केन्द्रले जितेको छ ।

मतगणना जारी रहेका १३४ स्थानीय तहमा शान्तिपूर्णरुपमा मतगणना कार्य सञ्चालन भइरहेको छ । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रले जानकारी दिएको छ ।

प्राप्त पछिल्लो विवरण अनुसार, हालसम्म २४९ वडाको मतपरिणाम प्राप्त भइसकेको छ । जसअनुसार, सप्तरी जिल्लाका १८, सिरहाका ३५, धनुषाका ४२, महोत्तरीका ३०, सर्लाहीका ४४, रौतहटका ३६, बाराका ३१ र पर्सा जिल्लाका १३ वटा वडाको मतपरिणाम सार्वजनिक भइसकेको छ ।

मतगणना कार्यलाई सकेसम्म छिटो सम्पन्न गर्नका लागि विभिन्न मतगणना स्थलमा निर्वाचन अधिकृतहरूले मतगणना टोली थप गरेका छन् । एकाध ठाउँमा भने मतगणना अवरुद्ध भएको आयोगले जनाएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);