संयुक्त राष्ट्रसंघीय विकासद्धारा जनप्रतिनिधिहरुलाई सुझाव | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

संयुक्त राष्ट्रसंघीय विकासद्धारा जनप्रतिनिधिहरुलाई सुझाव

काठमाडाैं, १ असार । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका नेपालस्थित आवासीय प्रतिनिधि आइशानी लाबेले संकटको समयमा सुझबुझपूर्ण ढंगले काम गर्न जनप्रतिनिधिहरुलाई सुझाव दिनुभएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र त्रिभुवन विश्वविद्यालय इन्सिच्यूट अफ क्राईसिस म्यानेजमेण्ट स्टडिजले काठमाडाैं गरेको एक कार्यक्रममा उहाँले संकटको समयमा जोखिममा परेको वर्गको समस्या तत्काल सम्बोधन गर्ने गरी जनप्रतिनिधिहरुले काम गर्नुपर्ने बताउनुभयो ।

लाबेले संकटको समयमा गरिने काम वा निर्णयहरु लक्षित वर्गमा पुगे नपुगेकोमा पनि स्थानीय सरकारहरु सचेत हुन आवश्यक रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका रेक्टर शिवलाल भुसालले संकट समाधानमा स्थानीय सरकारका पदाधिकारीले सफल र प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा संकट विज्ञहरुले कोरोनाको व्यवस्थापनमा स्थानीय सरकार नै अग्रपंक्तिमा बसेर काम गर्नुपर्ने भएकाले संकट व्यवस्थापनका विविध पक्षलाई ध्यानदिनुपर्ने आवश्यकता औल्याउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);