भारतले नेपाललाई भाई होइन, असल मित्रको रुपमा स्वीकार्नुपर्छ : सांसद लिङ्देन | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८१, शुक्रबार

भारतले नेपाललाई भाई होइन, असल मित्रको रुपमा स्वीकार्नुपर्छ : सांसद लिङ्देन

rajendra

काठमाडौं, ३१ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्वप्रसाद लिङ्देनले आज गल्ती कमजोरीहरु थोपरेर आफू चोखिने दिन नभई दल भित्रको गुट र गुटभित्रको कुनै नेताले जस लिने दिन भएको बताउनु भएको छ । संसदीय जीवनको महत्वपूर्ण दिन रहेकोले आजको दिन सबै एक जुट हुनुपर्नेमा उहाँले जोड दिनु भयो ।

सांसद लिङदेनले भारतले नेपाललाई भाईको रुपमा नभई असल मित्रको रुपमा स्वीकार गर्नु पर्ने विचार उहाँले व्यक्त गर्नुभयो । भारतसँग कुटनीतिक छलफल गरी सीमाको विषयलाई अन्त्य गर्नु आवश्यक रहेको पनि उहाँले बताउनुभयो । नेपालले पनि विगतमा आफनै नक्सामा आफनै भूमि समावेश नगरेकोले ठूलो त्रुटि गरेको प्रति खेद व्यक्त गर्नुभयो । भारतले सुगौली सन्धि मान्दैन भने टिस्टा र काँगडा सम्म नेपाललाई छाडिदिनु पर्ने अडान उहाँले राख्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);