३९ जना सवार टिपर कर्णाली नदीमा खस्यो | ईमाउण्टेन समाचार

Our Network

पुष ७ २०८१, आइतबार

३९ जना सवार टिपर कर्णाली नदीमा खस्यो

कालिकोट , २८ जेठ । कालिकोटको लालीघाटमा करिब ३९ जना सवार टिपर कर्णाली नदीमा खसेको छ । भारतबाट आएकाहरुलाई क्वारेन्टाइनतर्फ लैजाँदै गरेको टिपर कर्णालीमा खसेको हो । दुर्घटनामा २ जनाको शव भेटिएको जिल्ला प्रशासन कार्यालय कालिकोटले जनाएको छ ।

टिप्परमा करिब ३९ जना सवार रहेको भनिएपनि ठ्याक्कै कति जना सवार थिए भन्ने एकिन हुन सकेको छैन । दुर्घटनापछि प्रहरीको टोली घटनास्थलतर्फ गएको छ । स्थानीयले कर्णालीमा बग्दै गरेका केहीलाई जिवितै उद्धार गरिएका छन् ।

करिब ३० जना भन्दा बढी बेपत्ता भएको र बपेत्ताको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यलय कालिकोटले जानकारी दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);