वोल्फ्सबर्ग भेरडाआ ब्रेमेनसंग १–० गोल अन्तरले विजयी | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २९ २०८१, बिहीबार

वोल्फ्सबर्ग भेरडाआ ब्रेमेनसंग १–० गोल अन्तरले विजयी

एजेन्सी, २६ जेठ । जर्मन राष्ट्रिय लिग फुटबल बुन्डेसलिगामा साल्के बराबरीमा रोकिएको छ । सोमबार बिहान भएको खेलमा साल्के युनियन बर्लिनसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

बर्लिनको मैदानमा ११ औं मिनेटमा रोबर्ट एन्ड्रीचको गोलबाट घरेलु टोलीले अग्रता बनाएको थियो । तर, खेलको २८ औं मिनेटमा जोन्जोई केनीले गोल गर्दै साल्केलाई हारबाट जोगाए । बराबरीसँगै साल्केले ३० खेलमा ३८ अंक जोडको छ । साल्के लिगको दशौँ स्थानमा रहेको छ ।

३२ अंक जोडेको बर्लिन १४ औं स्थानमा रहेको छ । अर्को खेलमा कोलोनले आउग्सबर्गसँग १–१ गोलको बराबरी खेलेको छ । कोलोनका लागि एन्थोनी मोडेस्टले ८५ औं मिनेटमा गोल गरे ।

८८ औं मिनेटमा फिलिप म्याक्सले गोल गर्दै आउग्सबर्गलाई खेलमा फर्काए । यसअघि भएको खेलमा वोल्फ्सबर्गले रेलिगेसन क्षेत्रको भेरडाआ ब्रेमेनलाई १–० गोल अन्तरले पराजित गरेको छ ।

ब्रेमेनको मैदानमा वोल्फ्सबर्गलाई जित दिलाउन विड वेटहोर्स्टले निर्णायक गोल गरे । जितसँगै वोल्फ्सबर्ग लिगको छैटौं स्थानमा उक्लिएको छ । वोल्फ्सबर्गले ३० खेलमा ४५ अंक जोडेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);