काठमाडौँ, ४ असोज । सामान्य प्रशासन मन्त्रालयले पहिलो चरणमा १ हजार ४ सय २४ कर्मचारी सरुवा गरेको छ । पहिलो चरणमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र नियमित अन्तर्गतका विभिन्न मन्त्रालय, निकायमा सरुवा गरिएको छ ।
यसपटक मन्त्रालयले नियमित सरुवाभन्दा पनि स्थानीय विकास मन्त्रालयमा बढी कर्मचारीको सरुवा गरेको छ ।जसअनुसार उपसचिव ११७ र अधिकृत ८० जना स्थानीय विकास मन्त्रालयमा सरुवा गरिएको छ ।
यसैगरी नायब सुब्बा ७६६ र खरिदार ४६१ जना सरुवा भएका छन् । सबै सरुवा निर्वाचन आयोगको सहमतिमा गरिएको मन्त्रालयले गरेको हो ।




