ललितपुर, २३ जेठ । ललितपुर महानगरपालिकालाई चाइनिज ओभरसिज एण्ड कम्पनी लिमिटेडले शुक्रबार स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढ्दै गइरहेको अवस्थामा संक्रमण रोकथाम तथा नियन्त्रण गर्नमा उपलब्ध स्वास्थ्य सामाग्रीले केही सहयोग हुने प्रतिक्रिया व्यक्त गर्नुभयो ।
ललितपुर महानगरपलिकालाई चाइनिज ओभरसिज एण्ड कम्पनी लिमिटेडले ३ हजार फेस सील र १५ सय मास्क हस्तान्तरण गरेको छ।