काठमाडौं, २३ जेठ । राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले जनताले एकैपटक स्वास्थ्य र आर्थिक महामारीको सामना गरिरहेको भन्दै त्यस तर्फ सरकारको समयमै ध्यान जान जरुरी रहेको बताउनुभयो ।
भोकमरीका कारण जनताको मृत्यु हुदा स्थानीय जनप्रतिनिधिले पीडीतको बयानसंग राहतलाई बार्गेनिङ गरेको भन्दै आर्थिक संकट र भाकै मर्नुपर्ने स्थितिलाई गम्भीरताका साथ लिन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले युरोपका देशका सरकारहरु सबै दललाई समेटर कोरोना विरुद्ध लडेको तर नेपाल सरकारले दंम्भ देखाएर सर्वपक्षीय संयन्त्र नबनाई एक्कै हिडेको टिप्पणी गर्नुभयो ।
सरकार र सत्तापक्षले पछिल्लो समय कोरोनाले निम्त्याएको स्वास्थ्य क्षेत्रको महामारी संगै आर्थिक क्षेत्रमा परेको समस्यालाई आत्मसाथ गरेको देखिएपनि अझै पनि सरकारले त्यस तर्फ प्रभावकारी कदम चाल्न नसकेको बताउनुभयो ।
स्वास्थ्य मन्त्रालयका विशेषज्ञहरुले नेपालमा अझै पनि कोरोना संक्रमण उच्च विन्दुमा नपुगेको र उच्च विन्दुमा पुगेमा झण्डै २० हजारको हाराहारीमा संक्रमित पुग्ने र झण्डै ५ सय जनाको ज्यान जाने प्रक्षेपण गरिएको सन्र्दभ उल्लेख गर्दै आइसोलेन बेड बढाउने तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो “प्रि कोभिड-१९ को प्रि तयारी हुनुपथ्र्यो । न राजनीतिक तयारी हुन सक्यो ? न मानसिक तयारी हुन सक्यो ? न लजिस्टिक तयारी हुन सक्यो । त्यसकारण यसमा हामी चुकेकै हो । सरकारले यसलाई मान्नै पर्छ । ”
पिसिआर परीक्षणको दायरा बढाउनुको साथै भारतीय सिमा क्षेत्रमा रहेका क्वारेन्टाइन व्यवस्थित बनाउन माग गर्नुभयो ।