काठमाडौं, २३ जेठ । राष्ट्रियसभा सदस्य भगवती न्यौपाने बन्दाबन्दीका कारण आर्थिक क्रियाकलाप हुन नसक्दा जनजीवन कष्टकर बन्दै गएको भन्दै लकडाउनको स्वरुप परिर्वतन गर्न सरकारलाई सुझाव दिनुभयो । बन्दाबन्दीका कारण उपचार नपाएर ५८ जना सुत्केरी र गर्भवती महिलाको ज्यान गएको सुन्नमा आएको भन्दै सो बारे सरकारको आधिकारीक जानकारी माग गर्नुभयो । बन्दाबन्दीको समयमा सुत्केरी र गर्भवति महिलाहरुको उपचारका लागि राष्ट्रिय आपतकालिन कोष निर्माण गर्न पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।