सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागी १० अर्ब खर्च | ईमाउण्टेन समाचार

Our Network

फागुन १४ २०८१, बुधवार

सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागी १० अर्ब खर्च

corona virous

काठमाडौ, २१ जेठ । बुधबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समिति बैठकमा सार्वजनिक गरिएको विवरण अनुसार अहिलेसम्म करिब १० अर्ब रुपैंया खर्च भएको हो ।

विश्व महामारीका रुपमा फैलिएको कोरोना नियन्त्रण उपचार, क्वारेन्टाइन निर्माण र राहत वितरणमा सरकारले ९ अर्ब ८७ करोड रुपैयाँ खर्च गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीका अनुसार कोरोना महामारी नियन्त्रण कोष, सरकारबाट विनियोजित रकम र प्रदेश तथा स्थानीय सरकारले गरी ९ अर्ब ८७ करोड रुपैयाँ खर्च गरेका छन् ।

अझै स्थानीय तहबाट भएको खर्चको विवरण आएको छैन् । कोरोना कोष र संघीय सरकारबाट ६ अर्ब ३ करोड, प्रदेशहरुबाट १ अर्ब ८ करोड र स्थानीय तहहरुबाट २ अर्ब ७६ करोड रुपैयाँ खर्च भएको सचिव बिडारीले बताउनुभयो ।

बैठकमा लक डाउनलाई सहज बनाउँदै कसरी लैजान सकिन्छ भन्ने विषयमा पनि छलफल भएको छ ।

जनजीवन सहज बनाउँदै लक डाउनलाई कसरी लैजाने भन्ने विषयमा स्वास्थ्य क्षेत्रका विज्ञहरुसँग पनि छलफल भएको छ । तहगत रुपमा लक डाउन खुकुलो पार्दै लैजाने गरी मस्यौदा तयारी गरी सरकारलाई बुझाउने समझदारी पनि बैठकमा बनेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);