काठमाडौं, १७ जेठ । अन्तर्राष्ट्रिय विमानस्थलको पुरानो तीन हजार मिटर लामो धावनमार्गलाई थप ३०० मिटर विस्तार गएको हो । विमानस्थलको धावनमार्गको दक्षिणतर्फ कोटेश्वर क्षेत्र रनवे जिरो–टु विस्तारको काम सम्पन्न भएको विमानस्थलले जनाएको छ ।
नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण क्यान अन्तर्गतका हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले धावनमार्ग विस्तारको काम गरेको हो । विमानस्थलको धावनमा मार्ग विस्तारपछि उडान अवतरणका लागि सहजता आउनाका साथै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आइकाओको मापदण्ड पूरा हुने बताइएको छ ।
यो विमानस्थलबाट तीन नेपालीसहित ३० वायु सेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । कोरोना महामारी नियन्त्रणका लागि सरकारले चैत ११ देखि लागु गरेको लकडाउनकै समयभित्र धावनमार्ग विस्तारको काम सकिएको हो ।