काठमाडाैं,१७ जेठ । शुक्रवार संविधान संशोधन प्रस्ताव लिएर संसद सचिवालय पुगेका राष्ट्रिय जनता पार्टी राजपाका नेताहरु विधेयक दर्ता नगराइ फर्किएका छन् ।संघीय संसदका महासचिव भरतराज गौतमले अध्ययन र परामर्शपछि मात्रै दर्ता गर्ने जवाफ दिएपछि राजपाका नेताहरू संसोधन प्रस्ताव दर्ता नगरी फर्किएका हुन ।
प्रस्ताव दर्ता नभएपछि संचारकर्मीसंग कुरा गर्दै राजपाका नेता महन्थ ठाकुरले देशको आधा जनसंख्या संविधानप्रति असन्तुष्ट रहेको बेला राष्ट्रिय एकताको कुरा गर्न नसकिने बताउनुभयो । नेता ठाकुरसँगै राजपाका केही नेताहरु संशोधन विधेयक दर्ता गराउन सचिवालय पुगेपनि समाजवादी पार्टीका नेताहरु भने सहभागि थिएनन् ।
संविधान जारी भएदेखि नै राजपाले नागरिकता, भाषा, समानुपातिक प्रतिनिधित्व लगायतका विषयहरुमा संविधान संशोधन गर्नुपर्ने माग गर्दै आएको छ । सरकारले नयाँ नक्सा जारी गरेसँगै संविधान संशोधनको प्रकृया अगाडी बढाएपछि राजपाले आफ्ना मागहरु पनि समेट्नुपर्ने माग गरेको छ ।