काठमाडौं, १५ जेठ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले करको दायारा फराकिलो बनाउने बताउनु भएको छ । संसदमा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले चालु आर्थिक वर्षमा १० खर्ब ७३ अर्ब सरकारी खर्च हुने अनुमान गरेको बताउनु भयो ।
त्यस्तै उहाँले कोरोना लगायत सबै प्रकारका स्वस्थ्य जोखिमबाट नागरिकलाई सुरक्षित राख्न र गुणस्तरिय सेवा सर्वसुलभ बनाउन, स्वास्थ्य पूर्वाधार निर्माण र स्तोरउन्नती र स्वस्थ्य जनशक्ती विकास गरिने पनि बताउनु भयो।
कोरोनाबाट प्रभावीत क्षेत्र कृषि, पर्यटन, उद्योग क्षेत्रलाई पुनरुत्थान गरि नागरिकको रोजगारीका अवसर र खाध सुरक्षा आवास, सामाजीक सुरक्षा संरक्षण गरिने छ। त्यस्तै अधुरा आयोजनाहरु आगामी वर्ष भित्र सम्पूर्ण आयोजनाहरुको कार्यवन्यन गरिने छ।