काठमाडाैं, १२ जेठ । नेपालबाट निकासी हुने पाम तेलमा भारतले औपचारिक प्रतिबन्ध लगाएको केही समयपछि चियामा अघोषित प्रतिबन्ध लगाएकाे छ ।यसले नेपालका चिया किसान र व्यवसायीहरु याे लकडाउनका समयमा थप समस्यामा पार्ने संकेत देखिन्छ ।
भारतले वैशाख २९ गते एक सूचना जारी गर्दै नेपाल र बंगलादेशबाट साफ्टा सुबिधा अन्तरर्गत निकासी हुने प्रशोधित पाम तेलमा रोक लगाइएको थियो । अब चिया निकासीमा पनि अघोषित प्रतिबन्ध लगाइएको व्यवसायीहरुकाे तर्क रहेकाे छ ।
पाम र चिया दुबै नेपालबाट निर्यात हुने प्रमुख वस्तु हुन् । नेपालमा आयात केही घटेर निर्यात बढ्दै गर्दाको अवस्थामा भारतले पाम तेल निकासीमा दुई पटक प्रतिवन्ध लगाइसकेको छ । पाम तेल र चिया पनि रोकिएपछि बजेट बनाउँदै गरेको सरकारलाई अर्को चुनौती खडा भएकाे छ ।