चितवन,१२ जेठ । भरतपुर अस्पतालको आइसोलेसन कक्षमा कोरोना संक्रमणको आशंका गरिएका एक पुरुषको ज्यान गएको छ ।
रामग्राम-७, नवलपरासीका ४८ वर्षीय पुरुषको आज बिहान ३ बजे मृत्यु भएको अस्पताल श्रोतले जानकारी दिएको छ । श्रोतका अनुसार उक्त पुरुषलाई लुम्बिनी अस्पतालले भरतपुर रेफर गरेको थियो ।
भरतपुर अस्पतालले पनि मृतक पुरूषको स्वाब परिक्षणका लागि पठाउने तयारी गरेको जनाएको छ ।