पाकिस्तानको कराचीमा यात्रुवाहक विमान दुर्घटना | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

पाकिस्तानको कराचीमा यात्रुवाहक विमान दुर्घटना

pakistan plane crash

एजेन्सी, ९ जेठ।  पाकिस्तानको कराचीमा एउटा यात्रुवाहक विमान दुर्घटनामा परेको अधिकारीहरूले बताएका छन् । पाकिस्तान इन्टरन्याश्नल एअरलाइन्सको उक्त विमान लाहोरबाट आएको र कराची विमानस्थलनजिकै दुर्घटनामा परेको पाकिस्तानी सञ्चार माध्यमले जनाएको छ ।

सञ्चार माध्यमका अनुसार राष्ट्रिय ध्वजावाहक पीआईएको विमान अवतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो । ए ३२० मोडेलको सो विमानमा ९१ जना यात्रु रहेका थिए ।

सो विमान दुर्घटनामा परेपछि धुँवाको मुस्लो देखिएको भिडिओ पाकिस्तानी टिभीले प्रसारण गरेका छन्। दुर्घटनास्थल मानवबस्तीनजिकै भएको बताइएको छ।

पाकिस्तानी नागरिक उड्डयन निकायले दुर्घटनाको पुष्टि गरेपनि जनधनको क्षतिको बारेमा बताएको छैन । पाकिस्तानमा कोरोनाभाइरस महामारीका कारण अवरुद्ध आन्तरिक वायुसेवा दुई महिनापछि हालै सञ्चालनमा आएको थियो।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);