विश्वभर कोरोनाबाट मृत्यु हुने तीन लाख १८ हजार नाघ्यो | ईमाउण्टेन समाचार

Our Network

मंसिर १९ २०८१, बुधवार

विश्वभर कोरोनाबाट मृत्यु हुने तीन लाख १८ हजार नाघ्यो

corona

एजेन्सी, ६ जेठ । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या तीन लाख १८ हजार नाघेको छ ।

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वभर अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तीन लाख १८ हजार चार सय ८१ पुगेको छ । ४८ लाख १ हजार ९ सय ४३ जना मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ भने १७ लाख ८६ हजार आठ सय ७५ जना मानिसहरु कोरोना भाइरसबाट निको भएर घर फर्किएका छन् ।

अहिलेसम्म सबैभन्दा बढी अमेरिकामा १५ लाखभन्दा धेरै संक्रमित फेला परेका छन् । रुसमा दुई लाख ९० हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने ब्राजिलमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई लाख ५५ हजार नाघेको छ ।

विश्वभर कोरोना भाइरसबाट अमेरिकामा ९० हजार तीन सय ४७ जनाको मृत्यु भएको छ । बेलायतमा ३४ हजारभन्दा बढीको मृत्यु हुँदा इटालीमा मृत्यु हुनेको संख्या ३२ हजार नाघेको छ । फ्रान्समा पनि २८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);