एजेन्सी, १ जेष्ठ । सिरि ए फुटबल जुनको दोस्रो साता पुनः सुरु गर्ने तयारी गरिएको छ ।
सरकारले अनुमती दिएको खण्डमा सिरि ए जुनको १३ गतेबाट सुरु गर्ने तयारी गरिएको हो । भिडियो कन्फ्रेन्समार्फत लिगको साधारण सभाले सरकारी निर्णय र मेडिकल प्रोटोकलका आधारमा लिग पुन सुरु हुने मितिलाई अनुमती प्रदान गरेको हो । शीर्ष डिभिजनका क्लबहरु मे को सुरुवातबाट अभ्यासमा रहेका छन् ।
खेलाडीहरु ब्यक्तिगत रुपमा अभ्यास गरिरहेका छन् । सिरि ए फुटबल मार्च ९ बाट अनिश्चित समयका लागि स्थगित गरिएको थियो । लिगका १२ चरणका खेलहरु अझै बाँकी रहेका छन् । युभेन्ट्स लगातार नवौं पटक उपाधि रक्षाका लागि अगाडी देखिएको छ ।