सरकार सुतेको छ: कांग्रेस, सुतेको भए नेपालमा अमेरिका जस्तै नागरिक मर्थे: नेकपा (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

पुष ३ २०८१, बुधवार

सरकार सुतेको छ: कांग्रेस, सुतेको भए नेपालमा अमेरिका जस्तै नागरिक मर्थे: नेकपा (भिडियोसहित)

aajko sandharba

काठमाडौं, २५ वैशाख । लकडाउनमा सरकारले गरेको काम र सत्तारुढ दल नेकपाको भूमिकाको सम्बन्धमा सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका युवा नेताहरुको दृष्टिकोण आज हामीले बुझ्ने प्रयास गरेका छौं । लकडाउनको बेला सरकार सुतेको भनेर प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेताको आरोपप्रति सत्तारुढ दल नेकपाका युवा नेताको आपत्ति छ । प्रतिपक्षी कांग्रेस सरकारले कोरोनापछि के गर्ने भनी योजना ल्याउनै नसकेको र कोरोनाको बेला पनि सरकार भ्रष्टाचारमा केन्द्रित भएको आरोप लगाई रहँदा सत्तापक्षी सांसदलाई त्यसको जवाफ दिनै मुश्किल भएको जस्तो देखिन्छ । यिनै सेरोफेरोमा नेकपा केन्द्रिय सदस्य एवं सांसद लालबहादुर थापानेपाली कांग्रेसका पूर्व सांसद रामहरी खतिवडासँग गरिएको अन्तर्वार्ता :

लकडाउनमा सरकारले गरेको कामको मूल्यांकन कसरी गर्नु हुन्छ ?

रामहरी खतिवडा, नेपाली कांग्रेस : लकडाउन लगाउने र बढाउने बाहेक सरकारले केही गरेको छैन । सरकार सुतेको जस्तै लाग्छ ।

लालबहादुर थापा, सांसद नेकपा : सरकार कहाँ सुतेको छ ? सरकार सुतेको भए नेपालमा पनि अमेरिकामा जस्तै नागरिक मर्थे । सरकारको सक्रियताले नेपालमा कोरोना संक्रमण भएको छैन । कामकाज ठप्प छ, कामदारले केही काम गर्न पाएनन् । कामदारको आवाज सरकारले नसुनेको हो ?

रामहरी खतिवडा, कांग्रेस : कोरोनाको बेला लकडाउन भएपछि नागरिक चिच्याएका छन् । अझ दैनिक कामदारको अवस्था खराव छ । सरकार कुहेको खाद्यन्न वितरण गर्छ । खोई कहाँ छ सरकार ?

लालबहादुर थापा,सांसद नेकपा : विरोध गर्नु र घचघच्याउनु प्रतिपक्षी दलको दायित्व हो, जिम्मेवारी हो । विरोध कै लागि विरोध गर्नु राम्रो होइन । यतिबेला सरकारले जे गरेको छ त्यहाँ प्रश्न गर्ने ठाउँ छैन ।

लकडाउनमा पनि बजारमा भारतीय तरकारीले बजार ओगटेको छ । नेपाली किसानको बारी र खेतमा लगाइएको तरकारीले बजार पाउन नसक्दै कुहिए नि ?

लालबहादुर थापा, नेकपा : किसानलाई तरकारी बजारमा ल्याउन कसले रोकेको छ ? सरकारले बजारमा गएर नबेच भनेर रोकेको छ र ?

रामहरी खतिवडा, कांग्रेस : सरकार जिम्मेवारीबाट पन्छिएको छ । पाँच वर्ष ढुक्कसँग गरोस भनेर सरकारलाई छोडिदिएको तर सकेन । किसान र उपभोक्तालाई मर्का पर्यो ।

नेकपाका सांसद लालबहादुर थापा र कांग्रेसका पूर्व सांसद रामहरी खतिवडासँग गरिएको अन्तर्वार्ता पूरै हेर्न तलको भिडियोमा हेर्न सक्नुहुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);