कोरोनाबाट युरोपेली मुलुक मध्ये बेलायतमा सबैभन्दा धेरैको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कोरोनाबाट युरोपेली मुलुक मध्ये बेलायतमा सबैभन्दा धेरैको मृत्यु

corona

एजेन्सी, २४ वैशाख । बेलायत कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी ज्यान गुमाउने युरोपेली मुलुक भएको छ । बेलायतमा कोरोना भाइरसबाट अहिलेसम्म २९ हजार ४ सय २७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

यो संख्या इटालीको भन्दा धेरै भएपछि वेलायत कोरोनाको संक्रमणबाट सबैभन्दा बढी ज्यान गुमाउने युरोपमा मुलुक भएको हो । इटालीमा अहिलेसम्म कोरोना भाइरसका कारण २९ हजार ३ सय १५ जनाको मृत्यु भएको तथ्यांक छ । तर संक्रमितको संख्या भने बेलायतको भन्दा इटालीमा बढी छ।

इटालीमा दुई लाख १३ हजार १३ जना कोरोना संक्रमित छन् । बेलायतमा करिब १ लाख ९५ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वेलायती विदेशमन्त्री डोमिनिक राबले यो तथ्यांकलाई ठुलो विपदको संज्ञा दिदै चिन्ता व्यक्त गर्नु भएको छ ।

युरोपेली मुलुकहरुमध्ये कोरोना भाइरसबाट स्पेनमा २५ हजार ५ सय, फ्रान्समा २५ हजार ५ सय र जर्मनीमा करिब ७ हजार जनाको मृत्यु भएको छ ।
०००

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);