पूर्व आईजीपिसहित तीन जनाले दिए मानव अधिकारमा उजुरी, आफुहरुलाई फसाइएको आरोप | ईमाउण्टेन समाचार

Our Network

मंसिर १७ २०८१, सोमबार

पूर्व आईजीपिसहित तीन जनाले दिए मानव अधिकारमा उजुरी, आफुहरुलाई फसाइएको आरोप

MANAB ADHIKAR ujuri

काठमाडौं, २२ वैशाख । सांसदहरु महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफुहरुलाई फसाउन खोजिएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिनुभएको छ ।

सोमवार आयोगको कार्यालयमा उजुरी दिँदै तीनैजनाले पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको योजनामा आफुहरुमाथि अपहरणको आरोप लगाउँदै फसाउन खोजिएको बताएका हुन ।

जनता समाजवादी पार्टीका सांसद डाक्टर सुरेन्द्र यादवले आफुलाई अपरहण गरेको भन्दै आयोगमा यसअघि उजुरी दिएपछि उनीहरु आयोगको कार्यालय पुगेका हुन । आयोगमा उजुरी दिँदै सांसद बस्नेतले यादवले गाली गलौज गरी मानहानी गरेको, अपमान गरेको र झुठो आरोप लगाएर फसाउन खोजेको दाबी गर्नुभयो ।

अपहरणको आरोप लागेका अर्का सांसद कृष्णकुमार श्रेष्ठले आफुहरुसँगै गएका समाजवादी पार्टीका प्रमुख सचेतक उमासंकर अरगरिया लगायत अन्य व्यक्तिहरुका विषयमा केही नबोली आफुहरुलाई पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको योजनामा फसाउन खोजिएको बताउनुभयो ।

पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफुहरु विरुद्धको झुठो आरोपले आफुलाई र आफ्नो परिवारलाई मानसिक तनाव भएको बताउनुभयो ।

निदेवन बुझ्दै आयोगका सदस्य प्रकाश वस्तीले संविधानले दिएको दायरभित्र रहेर घटनाको अनुसन्धान गरिने बताउनुभयो । यसअघि आफुलाई अपरहण गरेको भन्दै सांसद डाक्टर यादवले वैशाख १८ गते आयोगमा उजुरी दिनुभएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);