एजेन्सी, १९ वैशाख । रुसका प्रधानमन्त्री मिखाइल मिशुस्तिन कोरोना भाइरसबाट संक्रमित हुनु भएको छ ।
रुसमा ७ हजार ९९ नयाँ संक्रमित थपिएर कोरोना संक्रमतिको संख्या १ लाख पुगेकै दिन रुसी प्रधानमन्त्रीमा पनि कोरोना संक्रमण पुष्टि भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । कोरोना संक्रमणपछि बिरामी परेका उहाँलाई अस्पताल भर्ना गरिएको छ । गत जनवरीबाट रुसको प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नु भएका मिखाइल कोरोना महामारी नियन्त्रणमा सक्रिय हुनुहन्थ्यो ।
उहाँले आफूलाई कोरोना संक्रमण भएको जानकारी राष्ट्रपति भ्लादिमिर पुटिनलाई दिएको रुसी टेलिभिजनमा देखाइएको छ । प्रधामन्त्री मिखाइल अस्पतालमा रहँदा उपप्रधानमन्त्री एन्ड्री बेलोउसोभले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नु हुनेछ । पछिल्लो तथ्यांक अनुसार रुसमा कोरोना संक्रमितको संख्या १ लाख ६ हजार ४ सय ९८ र मृत्यु हुनेको संख्या १ हजार ७३ पुगेको छ ।