काठमाडौँ, ९ वैशाख। नेपालमा कोरोना संक्रमितको संख्या ४० पुगेको छ । उदयपुरका थप ८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ४० पुगेको हो ।
उदयपुरबाट संकलन गरिएको नमुना धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानको ल्याबमा परीक्षण गर्दा ८ जनाको नमुना पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसअघि मंगलवारनै उदयपुरमा एक ३३ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रशोगशाला टेकुमा गरिएको परीक्षणमा उनमा कोरोनाभाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो । योसँगै उदयपुरमामात्रै कोरोनासंक्रमितको संख्या २२ जना पुगेको छ ।
नेपालमा ५ जना कोरोना संक्रमति उपचारपछि निको भएर घर फर्किसकेका छन् भने ३५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।अहिलेसम्म स्वाव परीक्षण पिसीआर र र्यापिड टेष्ट गरी दुबैबाट ३६ हजार ७ सय १९ वटा नमुना परीक्षण भएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार पिसिआर विधिबाट हालसम्म ८ हजार ७ सय ६३ नमुना परीक्षण भएका छन् । यसैगरी आरडिटी विधिबाट २७ हजार ९ सय ५६ वटा परीक्षण भएका छन । अहिले देशभरीनै ७ हजार ६७ जना क्वारेन्टाइनमा रहेका छन् ।
उपत्यकामा ६ जना र उपत्यका बाहिर १ सय १ गरी १ सय ७ जना आइसोलेसनमा रहेका छन् ।