नेपालसहित चार देशका ऊर्जा सचिवबीच भिडियो कन्फ्रेन्स | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

नेपालसहित चार देशका ऊर्जा सचिवबीच भिडियो कन्फ्रेन्स

URJA BAITHAK_1

काठमाडौं, ५ वैशाख । नेपाल, भारत, बंगलादेश र भुटानका ऊर्जा सचिवहरुले कोरोना भाइरसका कारण ऊर्जा उत्पादन, माग र वितरणमा भोग्नुपरेका समस्याबारे भिडियो बैठक मार्फत छलफल गरेका छन् । बैठकमा कोरोनाका कारण ऊर्जा क्षेत्रमा परेको प्रभावको बिषयमा छलफल भएको थियो ।

बैठकमा कोरोना भाइरसले ऊर्जा क्षेत्रमा पारेको नकारात्मक प्रभाव, विद्युतको माग र आपूर्तिको सन्तुलन, निर्माणाधीन आयोजनाका काम तथा समस्या समाधानको उपायबारे छलफल भएको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले जनाएको छ ।

बैठकमा उर्जा सचिव दिनेशकुमार घिमिरेलेले भारतीय समकक्षी संजिव नन्दन सहायलाई बुटवल–गोरखपुर ४ सय केभी प्रसारण लाइन निर्माणका लागि यसअघि भएको संयुक्त कम्पनी खडा गर्ने प्रक्रिया अगाडि बढाउन आग्रह गर्नुभएको जनाइएको छ ।

सचिव घिमिरेले कोरोना नियन्त्रणका लागि गरिएको लकडाउनका कारण सरकारी र निजी क्षेत्रले निर्माण गरिरहेका जलविद्युत आयोजनाका लागि खरिद गरेका आवश्यक उपकरण भारततर्फका विभिन्न भन्सार र केही बीचैमा रोकिएको जानकारी गराउदै ती उपकरण आउन दिने व्यवस्था मिलाइदिन भारतीय सचिवलाई आग्रह गर्नुभएको थियो ।

जवाफमा भारतका सचिव सहायले आफूहरु सकारात्मक रहेको भन्दै त्यसका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभएको जनाइएको छ ।

बैठकमा भारत, बंगलादेश र भुटानले पनि नेपालकै जस्ता समस्या राखेका थिए । ती देशमा पनि लकडाउनका कारण निर्माणाधीन आयोजनाका काम ठप्प भएको, उद्योगभन्दा ठप्प हुदा विद्युतको माग हृवात्तै घटेको जस्ता समस्या सचिवहरुले सुनाएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);