एजेन्सी, ४ वैशाख । भारत सन् २०२१ मा हुने एकदिवसीय महिला विश्वकप क्रिकेटमा छनोट भएको छ । पाकिस्तान बिरुद्धको एक दिवसीय क्रिकेट श्रृखला रद्ध हुने बित्तिकै भारतले अर्को बर्ष हुुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील आईसीसी महिला विश्वकपमा स्थान सुरक्षित गरेको हो ।
भारत र पाकिस्तानबीच यहि वर्ष जुलाई र नोभेम्बरमा हुने तीनवटा खेलको एकदिवसीय श्रृखला रद्द भएर दुवै टोलीले अंक बाँडेपछि भारत सन् २ हजार २१ मा हुने महिला विश्वकपमा छनोट भएको हो । भारतले यो श्रृखला खेल्नका लागि अनुमति नदिएपछि रद्द गरिएको हो ।
आईसीसीले भारत र पाकिस्तानबीचको एकदिवसीय श्रृखला रद्द भएपछि सन् २०१७ मा उपविजेता बनेको भारतले न्युजिल्याण्डमा २०२१ मा हुने विश्वकपमा स्थान सुरक्षित गरिेको जनाएको छ ।
यो संगै अष्ट्रेलीया, इंग्ल्याण्ड,दक्षिण अफ्रिका र भारतले सन् २ हजार २१ मा हुने महिला विश्वकप क्रिकेटमा मा स्थान सुरक्षित गरेका छन् ।