भन्सार कर्मचारी ढकालविरूद्ध दुई करोडको भ्रष्टाचार मुद्दा | ईमाउण्टेन समाचार

Our Network

माघ ५ २०८१, शनिबार

भन्सार कर्मचारी ढकालविरूद्ध दुई करोडको भ्रष्टाचार मुद्दा

Commission for the Investigation of Abuse of Authority, CIAA

काठमाडौं, ३ वैशाख । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयका एक्सरे टेक्निसियन राज कुमार ढकालविरूद्ध दुई करोड रुपैंयाको भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले बुधवार ढकाल विरूद्ध अकुत सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारको आरोपपत्रमा उनले २ करोड २ हजार ८ सय ८६ रूपैयाँ अकुत सम्पत्ति थुपारेको उल्लेख छ । उनलाई विगो बमोजिम जरिवाना र २ वर्षसम्मको सजाय हुनुपर्ने माग अख्तियारको छ ।

अख्तियारका अनुसार ढकालले श्रीमतिको नाममा घरजग्गा जोडेको तथा विभिन्न बैंकमा आफ्नो नाममा पैसा राखेका थिए । उनका नाममा रहेको विभिन्न खाताबाट अस्वभाविकरूपमा आयस्रोत भन्दा बढी रकम चेकमार्फत सापटी दिएको देखिएको तथा आफ्नी श्रीमति निरजरा घिमिरे र आफन्त राममणि लामिछानेको नाममा चल अचल सम्पत्ति लुकाइ राखेको पुष्टि हुन आएको’ अभियोगपत्रमा उल्लेख छ ।

ढकालकी श्रीमति र लामिछानेलाई सम्पत्ति जफतको लागिमात्रै अभियुक्त बनाइएको अख्तियारले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);