नयाँ वर्षमा उपलक्ष्यमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना सन्देश | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

नयाँ वर्षमा उपलक्ष्यमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना सन्देश

prez, vp and pm

काठमाडौं, १ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्षको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धिको कामना गर्नुभएको छ । नयाँ वर्ष २०७७ का उपलक्ष्यमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले कोरोनाभाइरसले विश्वमा एक लाखभन्दा बढी मानिसको जीवन समाप्त पारिसकेको र लाखौंँलाख संक्रमणबाट प्रभावित भई जीवनका निम्ति संघर्ष गरिरहेका बेला आपसी सहयोग, लोककल्याण, त्याग र समर्पणलाई थप सशक्त तुल्याउनुपर्नेमा जोड दिनुभएको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनले नयाँ वर्ष २०७७ ले कोरोना भाइरसविरुद्धको संघर्षमा अभूतपूर्व राष्ट्रिय एकता प्रदर्शन गर्न सबै नेपालीलाई प्रेरणा दिने विश्वासंगै सबै नेपालीलाई नयाँबर्षको शुभकामना व्यक्त गर्नु भएको छ ।

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७७ सालको स्वागत अप्ठ्यारो परिस्थितिमा गर्नुपरेको बताउनु भएको छ । पुरानो वर्षलाई विदा गर्ने र नयाँ वर्षलाई स्वागत गर्ने समय उल्लासमय हुनुपर्नेमा त्यसो हुन नसकेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

यसैगरी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले नव वर्ष २०७७ सालको अवसरमा आज सन्देश मार्फत सम्पूर्ण देशवासीमा शुभकामना दिँदै उच्च मनोबल, स्वअनुशासन र एकताको बलमा कोरोना भाइरसविरुद्ध विजय प्राप्त गर्न विशेष अपिल गर्नुभएको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ वर्ष २०७७ का अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै विश्वव्यापी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको संक्रमणविरुद्ध सबै एकजुट भएर लड्न आवश्यक रहेको उल्लेख गर्नुभएको छ ।

त्यसैगरी पूर्वराजा ज्ञानेन्द्र शाहले सम्पूर्ण नेपालीमा नयाँ वर्षको शुभकामना व्यक्त गर्दै संकटको घडीमा एकता अपरिहार्य रहेको उल्लेख गर्नुभएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);