एक हप्तामा छयालीस हजार यात्रुद्वारा टिकट बुकिङ | ईमाउण्टेन समाचार

Our Network

माघ २१ २०८१, सोमबार

काठमाडौं, ३ असोज ।

टिकट बुकिङ खुलेको एक हप्ता पुग्दा नयाँ बसपार्कबाट अग्रिम टिकट बुकिङ गर्नेको संख्या ४६ हजार ४६५ पुगेको छ ।

 

दशैँका लागि गत भदौ २७ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गरिएको थियो । भदौ २७ गते ११ हजार ८१७, २८ गते सात हजार ३३६, २९ गते छ हजार ७७४, ३० गते सात हजार ५९६, ३१ गते चार हजार ८९८, असोज १ गते चार हजार ६३० तथा असोज २ गते तीन हजार ४१४ जनाले अग्रिम टिकट बुकिङ गराएका हुन् ।

 

देशका विभिन्न भागमा जान नयाँ बसपार्क, गौशाला, सुन्धारा, पुरानो बसपार्क, कोटेश्वर, बल्खुलगायतका स्थानमा अग्रिम बुकिङ खुला गरिएको छ ।

 

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिवले दशैँका लागि ७० प्रतिशत टिकट बुकिङ भएकोे बताए। तर गत वर्षको तुलनामा यस वर्ष कम टिकट बुकिङ भएको महासचिव सरोज सिटौलाले जानकारी दिए ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);