कोरोनाको महामारीबीच दक्षिण कोरियामा संसदीय निर्वाचन सुरु | ईमाउण्टेन समाचार

Our Network

मंसिर ६ २०८१, बिहीबार

कोरोनाको महामारीबीच दक्षिण कोरियामा संसदीय निर्वाचन सुरु

south korea election

एजेन्सी, २९ चैत । कोरोना भाइरसको महामारीबीच नै दक्षिण कोरियामा संसदीय निर्वाचन सुरु भएको छ । क्वारेन्टाइनमा राखिएका चार सय चालिसभन्दा बढी कोरोना संक्रमितले संसदिय चुनावका लागि मत हालेसंगै दक्षिण कोरियामा संसदीय निर्वाचन सुरुभएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

कोरियामा अर्को साता हुने आम निर्वाचन अन्तर्गत राजधानी सियोलका अधिकारीहरूले कोरोना भाइरसको मध्यम लक्षण देखाएका बिरामीका लागि देशभर मतदानका लागि आठ वटा क्वारेन्टाइन सुविधाको मतदान केन्द्रहरू स्थापना गरेको जनाएका छन् ।

दक्षिणी शहर जिओन्जुमा बिरामीहरुले मास्क र डिस्पोजेबल प्लास्टिकको कोट लगाएर कम्तिमा एक मिटरको दुरीमा लाम लगाएर मत हालेका छन् । उनीहरुलाई हात धुन लगाइ स्यानिटाइजर लगाएर प्लास्टिकको पन्जा लगाउन लगाइएको थियो । स्वास्थ्य कर्मचारीहरुले पनि त्यसैगरी भोट खसालेका थिए।मतदान केन्द्रका अधिकारीहरुले चस्मा सहितको सुरक्षात्मक पोशाक लगाएका थिए ।

दक्षिण कोरियाका उप–स्वास्थमन्त्री किम ग्याङलिपका अनुसार स्वःएकान्तबास बसेका र घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाइएका नागरिकले समेत बुधबार निर्धारित र विशेष समयमा मतदान गर्न पाउने बताइएको छ ।

दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमणबाट २ सय ११ जनाको मृत्यु भइसकेको छ भने अझै १० हजार भन्दाबढी संक्रमित छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);