टोकियो ओलम्पिक फुटबलमा २४ वर्षसम्मका खेलाडीले खेल्न पाउने | ईमाउण्टेन समाचार

Our Network

पुष २६ २०८१, शुक्रबार

टोकियो ओलम्पिक फुटबलमा २४ वर्षसम्मका खेलाडीले खेल्न पाउने

tokyo olympics

एजेन्सी, २२ चैत । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले अर्को वर्ष हुने टोकियो ओलम्पिकको फुटबलमा सहभागी हुने पुरुष खेलाडीको उमेर २३ बाट बढाएर २४ पुर्‍याएको छ ।

कोरोना भाइरस संक्रमणको महामारीका कारण प्रतियोगिता एक वर्ष पछाडि सारिएका कारण खेलाडीको उमेर खुकुलो पारेर एक वर्ष बढाइएकोे फिफाले जनएको छ । यो निर्णयसंगै अब यस वर्ष २३ वर्ष पुगेर ओलम्पिक्स खेल्न योग्य खेलाडीले पनि अर्को वर्ष टोकियोमा खेल्न पाउने छन् ।

ओलम्पिकको पुरुष फुटबल टिम १६ सदस्यीय हुनेछ र त्यसमा तीन जना बढी उमेरका खेलाडीले पनि खेल्ने पाउने नियम छ । टोकियो ओलम्पिक अब सन् २०२१ को जुलाइ २३ बाट सुरु हुने नयाँ तालिका तय भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);