कोरोनाका कारण कमेडियन 'केन शिमुरा'को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

पुष १२ २०८१, शुक्रबार

कोरोनाका कारण कमेडियन ‘केन शिमुरा’को मृत्यु

ken simura

काठमाडौँ, २० चैत । कोरोना भाइरसका कारण जापानी कमेडियन ‘केन शिमुरा’को मृत्यु भएको छ । विश्वव्यापी फैलिएको यस भाइरसको सङ्क्रमणबाट ७० वर्षीय केनको आइतबार मृत्यु भएको जनाइएको छ । उनलाई कोरोनाको सङ्क्रमणपछि निमोनिया भएको थियो ।

मार्च २० मा अस्पताल भर्ना भएका उनको स्वास्थ्य परीक्षण गर्दा निमोनिया र कोरोना पोजेटिभ देखिएको थियो । शिमुरा जापानका चर्चित कमेडियन हुन् । उनलाई जापानका ‘रोबिन विलियम’ का नामले चिनिन्थ्यो । उनी कोरोनाका कारण ज्यान गुमाउने जापानका पहिला कलाकार हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);