कोरोना भाइरस : विश्वभर ४२ हजार भन्दा बढीको मृत्यु, ८ लाख बढी संक्रमित | ईमाउण्टेन समाचार

Our Network

माघ १ २०८१, मंगलबार

कोरोना भाइरस : विश्वभर ४२ हजार भन्दा बढीको मृत्यु, ८ लाख बढी संक्रमित

corona outbreak

एजेन्सी, १९ चैत । कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ४२ हजार ३ सय ६५ पुगेको छ । पछिल्लो तथ्यांक अनुसार विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४२ हजार ३ सय ६५ पुगेको हो ।

विश्वका २ सय देशका ८ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, १ लाख ७७ हजार १ सय ४१ जना उपचारपछि निको भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । अहिलेसम्म अमेरिकामा कुल १ लाख ८७ हजार ७ सय २९ जनालाई संक्रमण पुष्टि भएको छ ।

अमेरिकापछि संक्रमितको संख्या उच्च रहेको देशमा इटाली छ । त्यहाँ १ लाख भन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भएको छ । इटालीमा ज्यान गुमाउनेको संख्या १२ हजार ४ सय २८ पुगेको छ । यसैगरी स्पेनमा ८ हजार ५ सय ४ सय ६४, चीनमा ३ हजार ३ सय ५, इरानमा २ हजार ८ सय ८९, फ्रान्समा ३ हजार ५ सय २३ जना, बेलायतमा १ हजार ४ सय ८ जनाको कोरोना भाइरसबाट मृत्यु भइसकेको छ ।

इटालीमा ३ साताको लकडाउन अबधी थप २ साताका लागि बढाउने तयारी गरिरहेको छ । यसै गरि भुटानमा मंगलबारदेखि २१ दिने लकडाउन सुरु भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);