नेपाल बैंकद्वारा सातै प्रदेशलाई गरी ३५ लाख सहयोग | ईमाउण्टेन समाचार

Our Network

मंसिर २८ २०८१, शुक्रबार

नेपाल बैंकद्वारा सातै प्रदेशलाई गरी ३५ लाख सहयोग

Nepal_Bank
काठमाडौँ, १९ चैत । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल बैंक लिमिटेडले सातै प्रदेश सरकारलाई जनही ५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सातै प्रदेशका सरकारले स्थापना गरेको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण कोषमा पाँच/पाँच लाख गरी ३५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिए ।

बैंकले यसअघि कोरोना भाइरसको सम्भावित सङ्क्रमण, रोकथाम र नियन्त्रणका लागि सङ्घीय सरकारबाट भएको पहलकदमीलाई साथ दिन संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रु एक करोड आर्थिक सहयोग प्रदान गरेका थियो ।

योसँगै कोरोना भाइरस सङ्क्रमण रोकथाममा बैंकको तर्फबाट कूल रु एक करोड ३५ लाख योगदान भएको प्रवक्ता अधिकारीले जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);