भारतबाट आयात हुने तरकारीको अर्डर नलिइने | ईमाउण्टेन समाचार

Our Network

माघ १ २०८१, मंगलबार

भारतबाट आयात हुने तरकारीको अर्डर नलिइने

tarkari

काठमाडौं, १६ चैत । कोरोनाको संक्रमण बढ्दै गएपछि भारतबाट आयात हुने तरकारीको अर्डर नलिने निर्णय गरिएको छ । आइतवार कालिमाटी फलफूल तथा तरकारी बजार विकास समिति, सांसद,काठमाडौं महानगरपालिकाका मेयर, वडाध्यक्ष, सेना र प्रहरीका प्रतिनिधि, व्यापारिक संघसंस्था सम्मिलित छलफलले यस्तो निर्णय लिएको हो ।

कालीमाटी बजार परिसरभित्र देश बाहिरबाट कृषि उपज लिएर आउने ढुवानीका साधन र व्यक्तिमार्फत कोरोना भाइसरको प्रवेश हुन सक्ने भन्दै त्यसलाई नियन्त्रण गर्न यस्तो निर्णय गरिएको जनाइएको छ ।

त्यस्तै देशमा लकडाउन भए पनि कालीमाटीको तरकारी होलसेलमा उपभोक्ताको व्यापक भीड भढेकाले भाइरस संक्रमण हुने डरले यस्तो निर्णय गरिएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । लकडाउन अवधिसम्म भारतबाट तरकारी आयात नभएपनि अभाव नहुने समितिले जनाएको छ ।

तरकारी खरिद गर्नकै लागि कालिमाटी बजारमा भीड बढेपछि समितिले खरिदबिक्रीका लागि समयावधिसमेत तोकेको छ । समितिका अनुसार थोक र होलसेल बिक्रीका लागि बिहान २ देखि ७ बजे र खुद्रा बिक्रीका लागि बेलुका ५ देखि ७ बजेसम्मको समय निर्धारण गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);