अन्तर्राष्ट्रिय बजारवाट स्वास्थ्य उपकरण ल्याउन नीजि क्षेत्रलाई सरकारको आह्वान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

अन्तर्राष्ट्रिय बजारवाट स्वास्थ्य उपकरण ल्याउन नीजि क्षेत्रलाई सरकारको आह्वान

काठमाडौं, ११ चैत । सरकारले अन्तर्राष्ट्रिय बजारबाट स्वास्थ्य उपकरण ल्याउन निजी क्षेत्रलाई आह्वान गरेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले निजी क्षेत्रले अन्तर्राष्ट्रिय बजारबाट स्वास्थ्य उपकरण तथा सामग्री ल्याउन खोज्नेलाई सरकारले सहयोग गर्ने निर्णय गरेको हो ।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्ट युवराज खतिवडाले निजी क्षेत्रले कतैबाट स्वास्थ्य सामाग्री र किटहरु निश्चित दिनभित्र ल्याउन सक्ने भए सरकारले यातायाता एवं हवाई सुविधा उपलब्ध गराउने निर्णय भएको जानकारी दिनुभयो ।

कुनैपनि संघसंस्थाले कोष खडा गरेर रकम उठाउन नपाउने

यसैगरी बैठकले कोरोना संक्रमणको रोकथाम र नियन्त्रण सम्बन्धमा कुनैपनि संघसंस्थाले कोष खडा गरेर रकम उठाउन नपाउने निर्णय पनि गरेको छ ।

मन्त्री खतिवडाले कसैले कोष खडा गरिसकेको भए आफ्नो संस्थामा काम गर्ने कर्मचारी तथा आफु मातहतका व्यक्तिहरुबाट मात्रै रकम जम्मा गर्न पाउने र उक्त रकम प्रत्येक हप्ता सरकारले स्थापना गरेको कोषमा बुझाउनुपर्ने निर्णय भएको बताउनुभयो ।

बैठकले सरकारले जारी गरेको लक डाउन नागरिक स्तरबाट पालना भएको र छिटफुट रुपमा अवज्ञा भएपनि थप कडाइ गर्ने अवस्था नभएको निष्कर्ष निकालेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);