राजधानीमा खाना पकाउने ग्यासको माग अधिक | ईमाउण्टेन समाचार

Our Network

मंसिर १७ २०८१, सोमबार

राजधानीमा खाना पकाउने ग्यासको माग अधिक

काठमाडौं, १० चैत । सरकारले अत्यावश्यक सेवामा कमी आउन नदिने बताउँदै आएपनि राजधानीमा खाना पकाउने ग्यासको अभाव बढेको छ । सरकारले आपूर्ति नियमित भएकोले कुनै अभाव नहुने भने पनि पछिल्लो दिन अधिकांश ग्यास डिलरमा सर्वसाधारणको भीड लागेको छ।

अत्यावश्यक सेवामा कृत्रिम अभाव सिर्जना गरे कडा कार्वाही गर्ने बताएपनि राजधानीमा खाना पकाउने ग्याँसको अभाव देखिएको छ । आपूर्ति नियमित भएपनि बजारमा ग्यास हाहाकार भएको छ । उपभोक्ता घण्टौ लाइनमा बस्दा पनि ग्याँस नपाएको बताएका छन् ।

ग्यास लिन लागि घण्टौ कुरेपनि उपभोक्ताले पाउन सकेका छैनन् । एक सिलिन्डर ग्यास पाउन ठूलै सकस झेल्नु परेको छ । टाठाबाठा र बलियाले ग्यास पाएपनि कमजोर र निर्धाले ग्यास पाउनै गाह्रो भएको उपभोक्ताको गुनासो छ ।

सरकारले अत्यावश्यक मालवस्तु नपाएमा कल सेन्टर ११३७ को व्यवस्था समेत गरेको छ । तर, उपभोक्ता ग्यासकै लागि तछाडमछाड गर्नुपर्ने विवशता छ ।

कोरोना त्रासको कारण अत्यावश्यक सेवा पाउन कठिन हुने डरले स्टक गर्ने होड पनि छ । यसले गर्दा बजारमा माग बढेको हो । बजारमा माग बढेपछि सोही अनुसारको सहजता बनाउन नसक्दा लाइनमा कुरेर ग्याँस पाइने भएको छ ।

यता व्यावसायीले खाना पकाउने ग्यासको आयातमा कुनै समस्या नभएको बताउँदै आएका छन् । बजारमा माग बमोजिम उपलब्ध भएको उनीहरुको दाबी छ । बजारमा सामान्य माग भन्दा अधिक बढेपछि भीड लागेको व्यवसायीहरुको तर्क छ ।

उपभोक्ताको सहज खरिदका लागि टोकन सिस्टम हटाइएको व्यवसायीहरुले बताएका छन् । आम उपभोक्तालाई सहजमा ग्यास उपलब्ध भइरहेको उनीहरुको दाबी छ । माग बढेपछि केही भीड देखिएपनि लाइन अनुसार सबैलाई उपलब्ध गराइएको व्यवसायीको भनाइ छ ।

महामारीको जोखिमको बेला बजारमा माग बढ्नु स्वभाविक हो । तर, त्यसको सही व्यवस्थापन गर्न राज्य नै जिम्मेवार हुनुपर्छ, राज्यको संयन्त्रहरुको विवेकपूर्ण परिचालनबाट आम उपभोक्तालाई सहजताको महशुस गराउन राज्य नै जिम्मेवार हुनुपर्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);